१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
सौरभ यादव राजविराज
२o८१ असोज १२ शनिबार १५:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तकोशीको पुलबाट आवागमन रोकियो

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार १५:४४:oo

सप्तकोशी नदीको बहाव पाँच लाखभन्दा माथि पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै पुलबाट सवारीसाधन आवतजावत बन्द गरिएको छ।

जलाधार क्षेत्रहरूमा अविरल वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढिरहेको छ। जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि यातायातका साधन आवजतावमा रोक लगाएको हो।

‘पानीको बहाव अत्याधिक बढेको छ। त्यसैले अर्को सूचना नआएसम्म सवारीसाधनलाई रोक लगाइएको हो,’ सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रान्तीले नयाँ पत्रिकासँग भने।

आज दिउँसो दुई बजेको मापनअनुसार सप्तकोशीको बहाव पाँच लाख २१ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ।

कोशी ब्यारेजका ५६  ढोका खुला गरिएको छ भने कोशी ब्यारेज नियन्त्रण कक्षले ‘रेड अलर्ट’ जारी गरेको छ।