१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
२o८१ असोज १२ शनिबार १६:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चरिकोटमा पहिरोले घर पुर्दा छोराको मृत्यु, आमाबाबु बेपत्ता

एक वर्षीय बालकको जीवितै उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार १६:३३:oo

दुई दिनदेखिको अविरल वर्षासँगै दोलखा सदरमुकाम चरिकोटमा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ। दुईजना बेपत्ता भएका छन्। पहिरोमा पुरिएका एक बालकको जीवितै उद्धार गरिएको छ।

भीमेश्वर नगरपालिका– ६ स्थित मैदानेमा रहेको राजकुमार भुजेलको घर माथिबाट आएको पहिरोले पुरिँदा भुजेलसहित उनकी श्रीमती राधिका र दुई छोरा पुरिएका थिए। तीमध्ये जेठो छोरा अन्दाजी १६ वर्षीय रोशन भुजेलको ज्यान गएको प्रहरीले जनाएको छ। 

पुरिएको स्थानबाट निकालेर उपचारका लागि अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। करिव दुई वर्षका बालकलाई भने जीवितै उद्धार गरिएको छ। 

सुरक्षाकर्मी र स्थानीयले उद्धार गरी उपचारका लागि अस्पताल पठाएका छन्।् उनको उपचार चलिरहेको छ । राजकुमार र उनकी श्रीमतीको अवस्था अज्ञात छ। उनीहरूको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय खटिएका छन्। 

अविरल वर्षापछि सपरिवार घरमा बसिरहेका वेला शनिबार दिउँसो घरमाथिबाट पहिरो खसेको थियो ।