१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १२ शनिबार १४:४९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि सिटिजन्स बैंकले गर्‍यो २५ लाख  सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार १४:४९:oo

 सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ। बाढी पहिरो प्रभावितको राहत तथा उद्दारमा सहयोग पुर्‍याउन बैंकले राहत कोषमा उक्त रकम दिएको हो । विगत दुई दिनदेखि परेको अत्यधिक वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोले ठूलो मात्रामा जनधनको क्षति पुर्‍याएको छ ।

सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंक आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितहरूको सहयोगमा जुटिरहेको बताए। ‘हामी हाम्रो सीमित स्रोतसाधनबाट सकेको सहयोग गरिरहेका छौं र यो रकम प्रधानमन्त्री राहत कोषमार्फत आवश्यक ठाँउमा पुर्‍याइनेछ, उनले भने ।

बैंकले देशभर रहेका आफ्ना शाखाहरूबाट बाढी प्रभावित क्षेत्रमा विभिन्न राहतकार्यमा सहयोग गरिरहेको जानकारी दिएको छ। साथै, बैंकले अन्य संघसंस्थालाई पनि विपद्मा पीडितहरूको सहयोगका लागि अघि बढ्न आह्वान गरेको छ।