१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
२o८१ असोज १२ शनिबार १३:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरको ठाउँठाउँमा डुबान, स्थानीय विस्थापित  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार १३:५२:oo

हिजोदेखि अविरल रुपमा परेको पानीले नवलपुरको विभिन्न स्थान डुबानमा परेको छ। नवलपुरको गैडाकोट ७ गैरीस्थित सिकारी टोलमा नारायणी नदीको पानी पसेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नारायणी नदीबाट पसेको पानीले गैडाकोट ७ गैरी सिकारी टोलमा १५ घर डुबानमा परको र उनीहरु विस्थापित भएका छन् । 

विस्थापित भएकाहरुलाई छिमेकीको घर गएर बसेको प्रहरीले जनाएको छ। कुनै मानवीय क्षति नभएको र चारवटा बंगुर बगाएर लगेको प्रहरीले जनाएको छ। त्यसैगरी नवलपुरको गैडाकोट २ बोटेटोल र सुकुम्बासी टोलमा आज विहान ६ बजेदेखि नारायणी नदीमा आएको बाढी परेको छ ।  

यहाँ नारायणी नदीको पानी पसेर १० पिट जति गाउँमा पानी जमेको छ। बाढीले यहाँ एक सय ५० घर डुबानमा परेको स्थानीयले जनाएका छन् । यहाँ रहेकालाई प्रहरी, सशस्त्र प्रहरीले विहानै उद्धार गरेर सुरक्षित स्थानतर्फ लगेको छ ।

गैडाकोट ९ को थुम्सी आसपासको क्षेत्रमा ५० घर र गैडाकोट १० पितौजीमा ३० घर डुबानमा परेको छ । त्यसैगरी नवलपुरको मध्यविन्दु २ सेहरीमा नारायणी नदीको पानी पसेको छ । मानव वस्तीमा  पानी पस्दा १९ घर डुबेको छ । यहाँ ७० जनालाई उद्धार गरेर सुरक्षित स्थानतर्फ सारिएको र उद्दार कार्य चलिरहेको प्रहरी चौकी कोल्हुवाले जनाएको छ । 

त्यसैगरी कावासोती १५ बाघखोरमा रहेको अमलटारी होम स्टे भिलेज पुरै डुबानमा परेको छ।   ४० घर बढी डुबानमा परेको हो । केरुंगे खोला र नारायणी नदीका पानी पसेपछि यहाँ डुबानमा परेको हो ।