१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
२o८१ असोज १२ शनिबार ११:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक भासिएपछि राप्ती राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार ११:३o:oo

अविरल वर्षाका कारण राप्ती राजमार्गअन्तर्गत चोरखोला राम्री सडकखण्ड  भासिएको छ। दाङ तुलसीपुृर उपमहानगरपालिकास्थित राम्री नजिकै शनिबार बिहान सडक भासिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ  ।

सडक भासिँदा लामो तथा छोटो दुरिका यातायातका साधन पुर्णरूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए। सडक  पुर्णरुमा भासिएकाले केही दिनसम्म सवारी आवागमन ठप्प हुने खत्रीले बताए। उनका अनुसार सडक धेरै तलबाट भासिएकाले मर्मत गर्न करिब ४∕५ दिन समय लाग्ने बताए । 

सडक सुचारु नहुँदासम्म ठुला सवारी साधन ठप्प हुने  उनले उल्लेख गरे।  साना सवारी साधनका आवागमनका लागि भने कपुरकोट पाखापानीअन्तर्गत पर्ने वैकल्पिक बाटोको प्रयोग गर्ने प्रयास गरिएपनी पानी परिरहेकाले समस्या आएको जानकारी दिए। यस्तै सुर्खेत –सल्यान सडकअन्तर्गत बनगाड कुपिण्डे नगरपालिका ८ कोटभिरमा पहिरो जाँदा सडक  पूर्णरुपमा अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा सवारीसाधन बिचबाटोमै रोकिएका छन्। सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।