१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १२ शनिबार ११:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

च्यासलमा बगेको बुलेटमा ग्यास छैन, ग्यारेजमा थन्काइएको कवाडी हो : उद्योगी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार ११:५२:oo

अबिरल वर्षाले च्यासल क्षेत्रमा ग्यासको बुलेट बगेको भेटिएको छ । तर, उक्त बुलेट सिलिण्डरमा ग्यास भर्ने उद्योगको नभई टेम्पोमा ग्यास भर्ने कारखानाको भएको तर लामो समयदेखी प्रयोगविहिन अवस्थामा रहेको पाइएको छ ।

ग्यास उद्योग संघका महासचिव कृष्णभक्त श्रेष्ठले सामाजिक संजालमा बुलेट बगेको देखेपछि सोधखोज गर्दा कुनै पनि उद्योगको नरहेको पुष्टि भएको बताए । ‘पानीमा बगेको बुलेट कुनै पनि ग्यास उद्योगको होइन’ उनले भने, ‘मैले बुझ्दा खेरी टेम्पोमा ग्यास भर्ने प्रयोजनका लागि राखिएको बुलेट हो तर उक्त कम्पनी पनि धेरै पहिले नै बन्द भएको छ र पानीमा बगेको बुलेटमा पनि ग्यास नभएको जानकारी पाएको छु ।’

बुलेट भित्र थोरै मात्रामा रहेको ग्यास ‘भाइपर’ को रुपमा बाहिर आएको हुनसक्ने उनले बताए । ‘पानीमा तैरिरहेको बुलेटमा ग्यास नभएकाले स्थानीय आत्तिनुपर्ने अवस्था छैन’ उनले भने ।