१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १२ शनिबार o९:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मौसममा सुधार नभएपछि शनिबार एउटा पनि आन्तरिक उडान भएनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार o९:३९:oo

लगातारको झरीले मौसममा सुधार नआएपछि शनिबार बिहान एउटा पनि आन्तरिक उडान भएका छैनन्। शुक्रबार साँझदेखि स्थगित आन्तरिक उडान मौसम सुधार नभएसम्म निरन्तर रहने जगन्नाथ निरौलाले बताए। यस्तै वेदर भइरहे दिनभरीनै आन्तरिक उडान नहुने निरौलाले बताए । 

अन्तर्राष्ट्रिय उडान अवतरण  भने निरन्तर भइरहेका छन्। बिहान मौसम खराब भएपछि एउट फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट भएको थियो भने अरु त्रिभुवन विमानस्थलमा अवतरण गरिरहेका छन ।

त्रिभुवन विमानस्थलको मौसमभन्दा पनि भारतबाट नेपालतर्फ आउने आकाशमा इनरुट वेदर खराब हुँदा जहाज केही समय आकाशमा होल्ड गर्नुपरेको निरौलाले बताए ।