Skip This
यस वर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
२o८१ असोज १ मंगलबार o९:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यस वर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार o९:१५:oo

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठवटा छावा (हात्तीको बच्चा)  थपिने भएका छन् । यस वर्ष दुईवटा बच्चा जन्मिसकेका छन् भने  ६ वटा जन्मिने क्रममा छन् ।
 
तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार गएको जेठ १२ गते कर्णालीकलीले भाले र जेठ १६ गते हिमालीकलीले पोथी छावा जन्माएका हुन् । यही असोजभित्रमा देवीकली, तीर्थमानकली र रिमझिमकलीले बच्चा जन्माउने उनले बताए । उनका  अनुसार यसै वर्षभित्र तमोरकली, लोकतन्त्रकली र चितवनकलीले बच्चा जन्माउँदै छन् ।
 
प्रमुख चौधरीले भने, ‘एक–दुई महिना तलमाथि होला, तर यसै वर्षमा आठ छावा थपिँदै छन् ।’ यसअघि ०८० सालमा दुईवटा छावा जन्मिएका थिए । गण्डकीकली र प्रवेशकलीले छावा जन्माएका हुन् ।  ०७९ मा ६ छावा जन्मिएका थिए।
 
 बच्चा जन्मिएको दुई महिनापछि नै हात्ती पुनः गर्भवती हुन योग्य हुने जनाइएको छ । उनका अनुसार २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउँछ । अधिकांश छावा जंगली हात्ती रोनाल्डो, गोविन्दे, ध्रुवे र मकुनाका हुन् । खोरसोर क्षेत्रमा अहिले पनि गोविन्दे र मकुना दैनिक आउने गरेको उनले जानकारी दिए ।

 जन्मिएको तीन वर्षपछि हात्तीका बच्चालाई तालिम दिने गरिन्छ । चौधरीका अनुसार प्रजनन केन्द्रमा हाल ११ माउ र १० छावा छन् । ०५४ देखि बच्चा जन्मिन थालेका थिए । हालसम्म ६७ बच्चा जन्मिएका राष्ट्रिय निकुञ्जअन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्रले जनाएको छ । यहाँ जन्मिएका छावालाई तालिम दिएर निकुञ्जका विभिन्न पोस्टमा सुरक्षार्थ परिचालन गर्ने गरिन्छ ।