Skip This
संविधान दिवसमा टेलिकमको अफर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ३ बिहीबार o९:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

संविधान दिवसमा टेलिकमको अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार o९:१६:oo

नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा संविधान दिवस अफर सार्वजनिक गरेको छ । अफर आज २ देखि ४ असोजसम्म मान्य हुने टेलिकमले जनाएको छ ।

अफरअन्तर्गत रु. ४९ मा एक दिन चलाउन सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध रहेको बताइएको छ । यसैगरी, डाटा प्याकेजअन्तर्गत रु. १११ मा पाँच दिनसम्म चल्ने ६ जिबी डाटा, रु. १९९ मा सात दिन चल्ने १३ जिबी, रु. २९९ मा १२ दिन चल्ने २० जिबी डाटा र रु. ३९९ मा १५ दिनसम्म चल्ने ३० जिबी डाटा प्याकेज उपलब्ध हुनेछ । 

यही अफरअन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ टेलिकमले जनाएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जिबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ ।