Skip This
कर्णालीका नौ जिल्लामा सुपथ मूल्य पसल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ २८ शुक्रबार १३:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णालीका नौ जिल्लामा सुपथ मूल्य पसल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १३:३२:oo

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले सुर्खेतसहित नौ जिल्लामा एकसाथ पहिलो चरणमा दसैँलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

उपभोक्ताले माग गरेमा दसैँदेखि तिहार हुँदै छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने खाद्यको लक्ष्य रहेको कम्पनीका कर्णाली प्रादेशिक प्रमुख माधव मिश्रले जानकारी दिए। सुर्खेत, जाजरकोट, कालीकोट, रुकुम पश्चिम, डोल्पा, दैलेख, मुगु, जुम्ला र हुम्लामा एकसाथ चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको उनले जानकारी दिए । 

कम्पनीले गत वर्ष पनि प्रदेशका सल्ल्यानबाहेक नौ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । उपभोक्ताको उच्च मागलाई ध्यान दिएर  यस वर्ष चार प्रकारका चामलसँगै तेल, घिउ र दाल बिक्री गरिनेछ ।

सल्ल्यानमा  कम्पनीको कार्यालय नभएका कारण त्यहाँ सुपथ मूल्य पसल सञ्चालन गर्न नसकिएको हो । अन्य जिल्लामा असोज ७ गतेदेखि पसल सञ्चालन हुने उनले बताए ।