Skip This
पुरस्कार राशिमा कर कटाउँदैनौँ ः प्रधानमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २८ शुक्रबार १२:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पुरस्कार राशिमा कर कटाउँदैनौँ ः प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १२:३४:oo

प्रधानमन्त्री केपी ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटोछिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिइएको बताएका छन् । पेरिस पारा ओलम्पिक, २०२४ मा कांस्य पदक प्राप्त गर्ने पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गर्दै ओलीले यस्तो बताए । 

मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेसालाई ६५ लाख रुपैयाँ पुरस्कार राशिमा कर नकटाई पुरस्कृत गरिएको हो। यस्तै, सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई  दुई लाख ९२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ ।

युवा तथा खेलकुुद मन्त्रालयद्वारा प्रधानमन्त्रीनिवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटोटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिइएको बताए । उनले विश्वस्तरका आगामी खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेसाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठुलो पदक भएकाले देशले गौरव गरेको बताए । 

 कार्यक्रममा युवा तथा खेलकुुदमन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल तेक्वान्दो संघका पदाधिकारीलगायत सहभागी थिए । मन्त्री चौधरीले पलेसाको उच्च शिक्षाको अध्ययन र आगामी एसियाली खेलकुदमा सहभागिताका लागि समन्वय गर्ने विषयमा मन्त्रालयले पहल गर्ने बताए ।