१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २६ बुधबार
  • Tuesday, 17 September, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २६ बुधबार १४:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

योगेशको भाषण हटाउन नपर्ने सभामुखको रुलिङ, माओवादीको अवरोधपछि बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २६ बुधबार १४:४५:oo

सभामुखले एमाले सांसद योगेश भट्टराईको शब्द रेकर्डबाट हटाउन नपर्ने रुलिङ गरेपछि माओवादी केन्द्रका सांसदहरूले बुधबारको प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन्।

माओवादीको निरन्तर अवरोधपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाउँदै बैठक स्थगित गरेका छन्। 

भदौ १२ गते प्रतिनिधिसभाको बैठकमा एमाले सांसद भट्टराईले माओवादीको सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेकोमा माओवादी सांसदहरूले आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेका थिए।

तर, सभामुखले विषय, प्रसंग र प्रस्तुतिअनुसार भट्टराईको शब्द असंसदीय नदेखिएको भन्दै रेकर्डबाट हटाउन नपर्ने रुलिङ गरेपछि माओवादीले संसद् अघि बढ्न दिएन। अवरोधबिच सभामुखले भदौ ३० गते आइतबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।