Skip This
योगेश भट्टराईले बारम्बार ‘माओवादी हिंसा’ भनेपछि संसदमा तनाव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १२ बुधबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ १२ बुधबार १४:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

योगेश भट्टराईले बारम्बार ‘माओवादी हिंसा’ भनेपछि संसदमा तनाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ १२ बुधबार १४:४९:oo

नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादीको १० वर्षे हिंसा भनेपछि बुधबारको प्रतिनिधिसभा बैठकमा तनावको स्थिति देखिएको छ । विद्युत् बक्यौताको विषयमा बोल्ने क्रममा भट्टराईले ‘माओवादीको १० वर्षको हिंसा’ भनेपछि माओवादी सांसदहरूले नियमापत्ति गरेका हुन्।

सांसद माधव सापकोटाले नियमापत्ति गरेर बाेल्ने समय मागे पनि सभामुखले समय दिएनन्। सो क्रममा भट्टराईले बारम्बार ‘माओवादीको हिंसा नै हो’ भनी दोहोर्‍याइरहे।
सापकोटाले संविधानले हिंसा नभनेको स्मरण गराइरहँदा भट्टराईले भने, ‘हिंसा हो हिंसा हो हिंसै हो । हिंसाबाहेक केही होइन । यो हाम्रो परिभाषा हो, उहाँले नमाने पनि केह्री हुँदैन । यो हाम्रो पोलिटिकल कमिटमेन्ट हो ।’

अन्ततः सभामुखले माओवादी सांसद देवेन्द्र पौडेललाई एक मिनेटको समय दिए। माओवादी प्रमुख सचेतक हितराज पाण्डेले समय माग गरे पनि सभामुखले भट्टराईलाई नै समय दिएपछि माओवादी सांसद आफ्नो स्थानबाट उठेर विरोध जनाइरहेका छन्।