Skip This
गैरसहकारी गतिविधिका कारण सहकारीमा समस्या : सांसद दाहाल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १ मंगलबार १८:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गैरसहकारी गतिविधिका कारण सहकारीमा समस्या : सांसद दाहाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार १८:३४:oo

नेकपा (माओवादी केन्द्र)का सांसद एवं सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन समितिका सदस्य लेखनाथ दाहाल ‘राजन’ले गैरसहकारी गतिविधिका कारण सहकारी समस्यामा परेको बताएका छन्। केही सहकारीले गलत काम गर्दा सिंगो सहकारी क्षेत्र नै बदनाम हुन पुगेको उनले बताए।

हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभालाई मंगलबार राजधानीमा सम्बोधन गर्दै उनले नियमनकारी निकायको काम प्रभावकारी नभएको औँल्याए। आर्थिक पारदर्शिता हुनुपर्नेमा सञ्चालक निरंकुश हुने, आफूले इच्छाएको ठाउँमा मनलाग्दी लगानी गर्नेजस्ता काम गर्दा सहकारीमा समस्या आएको पाइएको उनले बताए।

सहकारी बचतकर्ताको नियन्त्रणमा हुनुपर्नेमा दाहालले जोड दिए। सहकारीमा कानुनी मात्रै नभई संरचनागत, अनुभवजन्य र नियतजन्य समस्या पनि रहेको उनले औँल्याए। छानबिन समितिले ४० वटा सहकारीको अनुसन्धान गर्दा सबैले एक अर्बभन्दा बढी अपचलन गरेको भेटिएको उनले जानकारी दिए। समितिको प्रतिवेदन सरकारले कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।

राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक ध्रुव विष्ट, सहकारी बैंक बानेश्वर शाखाका प्रमुख विनोद भट्टराई, संस्थाकी कार्यबाहक अध्यक्ष देवी खड्का, सञ्चालक किरण मोक्तानलगायतले सहकारी आन्दोलनबारे चर्चा गरेका थिए।