Skip This
मुगुको छायानाथ रारा नगरपालिका जिल्लामै पहिलो साक्षर घोषणा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
२o८१ असोज ३ बिहीबार ११:१o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुको छायानाथ रारा नगरपालिका जिल्लामै पहिलो साक्षर घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार ११:१o:oo

जिल्लाको एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिका साक्षर घोषणा गरिएको छ। ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकतामा साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने मूल नाराका साथ राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधबार एक कार्यक्रमबिच नगरपालिकालाई  साक्षर पालिका घोषणा गरिएको हो ।

जिल्लाका तीन गाउँ पालिका र एक नगरपालिकामध्ये छायानाथ रारा नगरपालिका साक्षर घोषणा हुनेमा पहिलो भएको छ । नगरपालिकामा रहेको कुल जनसंख्यामध्ये ९६ प्रतिशत अक्षर लेख्न र चिन्न सक्ने भएपछि साक्षर घोषणाका लागि सूचक पूरा भएको नगर प्रमुख विष्णुकुमार भामले बताए।

नगरपालिकाभर रहेको १५ देखि ६० वर्ष उमेर समूहको कुल जनसंख्याको ९६ प्रतिशतले नेपाल सरकारले निर्धारण गरेका १२ वटा सूचकमध्ये ६ वटा सूचक नगरपालिकाले पूरा गरेपछि औपचारिक रूपमा  घोषणा गरिएको उनको भनाइ  छ ।

सरकारले साक्षरता घोषणाका लागि १२ वटा सूचक आधार बनाएकोमध्ये निर्धारण गरिएका राष्ट्रभाषा वा मातृभाषा बोल्न जान्ने, वर्ण वा अक्षरको पढाइलेखाइ गर्न सक्ने, मोबाइल वा क्याल्कुलेटर चलाउन सक्ने, अंक चिन्न सक्ने वा नाैसम्मको अंक लेख्न वा पढ्न सक्ने, हिसाब राख्न सक्ने, सामाजिक कार्यक्रममा आफ्नो विचार वा परिचय राख्न सक्ने सूचकमध्ये ६ वटा पूरा भए साक्षर घोषणा गर्न सकिने छ प्रावधान रहेको छ ।

साक्षर नगरपालिका घोषणा गर्दै नगरप्रमुख भामले प्रविधिसँग खेल्न सक्ने जनशति तयार गर्नु प्रमुख चुनौती रहेकोसमेत बताए। विभिन्न  राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न मिडियामा आबद्ध सञ्चारकर्मीहरू, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक अगुवा, शिक्षक, विद्यार्थीलगायत सम्पूर्ण सरोकारवाला निकायको उपस्थिति थियो । उपस्थित  सम्पूर्ण सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूले हस्ताक्षर गरेर साक्षर नगरपालिका घोषणा भएकोसमेत प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा नगरपालिकाभित्र रहेका माध्यमिक विद्यालयस्तरीय खुला छात्रछात्राबिच वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न कला प्रस्तुति, हुड्के नाचलगायतका नृत्यहरू देखाइएको थियो ।