मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २ बुधबार १o:१२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलको ‘सधैँ अन’मा अनलिमिटेड नाइट डेटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २ बुधबार १o:१२:oo

एनसेलका सधैँ अन प्याक लिने ग्राहकले अब निःशुल्क अनलिमिटेड नाइट डेटा प्याक पाउने भएका छन् । यससँगै ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्नेछन् ।

गत बिहीबारबाट सुरु भएको यो योजनाअन्तर्गत सधैँ अनका ३९९ बाट सुरु हुने बेस्ट र ७९९ बाट सुरु हुने अनलिमिटेड प्याक लिने ग्राहकले राति ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको फाइदा लिन सक्छन् । प्याकमा पाइने बन्डल सेवा–सुविधाबाहेक अब ग्राहकले यो नाइट डेटा पनि पाउने कम्पनीले जनाएको छ । 

सधैँ अन लिने ग्राहकलाई थप लाभ प्रदान गर्नका लागि एनसेलले यो योजना लागू गरेको हो । ३९९, ४९९, ५९९ का बेस्ट प्याक ७९९, ९९९ र १,४९९ रुपैयाँका अनलिमिटेड प्याक लिने ग्राहकले यो योजनाबाट फाइदा लिन सक्छन् । यो थप सुविधाबाहेक कम्पनीले यी प्याक लिने ग्राहकलाई पहिला नै अनलिमिटेड युट्युबमा पहुँच प्रदान गर्दै आएको छ । 

२८ दिन भ्यालिडिटी रहेको बेस्ट प्याकमा प्याकअनुसार बन्डल सेवामा ग्राहकले ८ जिबीदेखि २० जिबीसम्म डेटा, ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम प्रदान गर्दै आएको छ । त्यसैगरी, सधैँ अनको अनलिमिटेड प्याकका ग्राहकले ३० जिबीदेखि १०० जिबीसम्म डेटा र अनलिमिटेड अल नेपाल टक टाइम पाउँदै आएका छन् ।

एनसेलले गत जेठमा फाइभजी भिजनमा आधारित हुँदै सधैँ अन योजना सञ्चालनमा ल्याएको थियो । यसको मुख्य औचित्य भनेको आमनेपाली ग्राहकलाई आफ्नो ब्यालेन्स खतम हुने डर नगरी डेटा सधैँ अन राख्न प्रेरित गर्दै सशक्त बनाएर डिजिटल भविष्यतिर डो¥याउनु रहेको कम्पनीले जनाएको छ ।