Skip This
दुई महिनाको सरकारी बजेट खर्च ७ प्रतिशत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
२o८१ असोज १ मंगलबार १७:४३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दुई महिनाको सरकारी बजेट खर्च ७ प्रतिशत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार १७:४३:oo

चालू आर्थिक वर्ष ०८१/८२ को सुरुवाती दुई महिनामा सरकारको बजेट खर्च करिब साढे सात प्रतिशत देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौ मसान्तसम्म कुल विनियोजनको ७.३९ प्रतिशत अर्थात् एक खर्ब ३७ अर्ब ५५ करोड २७ लाख रुपैयाँबराबर बजेट खर्च भएको हो।

चालू आवका लागि सरकारले कुल रु. १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखबराबरको बजेट ल्याएको छ। यो अवधिमा चालूतर्फ ७.२८ प्रतिशत अर्थात् रु. ८२ अर्ब ९८ करोड ६५ लाखबराबर खर्च भएको छ। चालू आवका लागि सरकारले चालू शीर्षकमा रु. ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाखबराबर विनियोजन गरेको थियो।

पुँजीगत शीर्षकमा रु. तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाखबराबर बजेट विनियोजन भएकोमा ४.२३ प्रतिशत अर्थात् रु. १४ अर्ब ८९ करोड ४० लाखबराबर खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकमा रु. तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएकामा १०.८ प्रतिशत अर्थात् रु. ३९ अर्ब ६७ करोड २२ लाखबराबर खर्च भएको छ।

यही अवधिमा सरकारले वार्षिक लक्ष्यको ११.५२ प्रतिशत राजस्व असुली गरेको छ। चालू आवका लागि कुल रु. १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाखबराबर राजस्व उठाउने लक्ष्य राखेकोमा भदौ मसान्तसम्ममा रु. एक खर्ब ६९ अर्ब ५१ करोड ७९ लाखबराबर संकलन भएको छ।

यो अवधिमा संकलित राजस्वमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको ११.३१ प्रतिशत अर्थात् रु. एक खर्ब ४५ अर्ब १९ लाख ३३ हजार असुली भएको छ। कर राजस्वतर्फ सरकारले कुल रु. १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाखबराबर उठाउने वार्षिक लक्ष्य राखेको छ।

गैरकर राजस्वतर्फ रु. एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाखबराबर वार्षिक लक्ष्य राखिएकोमा १५.६९ प्रतिशत अर्थात् रु. २१ अर्ब १९ करोड ४३ लाखबराबर संकलन भएको छ। चालू आवका लागि सरकारले रु. ५२ अर्ब ३२ करोड ६५ लाखबराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखेकोमा हालसम्म वैदेशिक अनुदान उठाउन सकेको छैन। रासस