१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २४ सोमबार १७:४३:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

१२ वर्षपछि योगेश्वरले ल्याए नयाँ गीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार १७:४३:oo

गायक योगेश्वर अमात्यको नयाँ म्युजिक भिडियो ‘कुनै दिन’ सार्वजनिक भएको छ। शनिबार साँझ काठमाडौंको दरबारमार्गमा आयोजित विशेष कार्यक्रमको दौरान अमात्यले गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।

करिब १२ वर्षपछि योगेश्वरले नयाँ गीत सार्वजनिक गरेका हुन्। सरोज बास्तोलाले रचेको गीतलाई सुरुवातमा २०५१ सालमा यसका संगीतकार ओमविक्रम विष्टले आफ्नै आवाजमा रेकर्ड गरेका थिए। विभिन्न कारणले त्यति वेला सार्वजनिक नभएको गीतलाई पुनः एरेन्ज गरी योगेश्वरले आफ्नो आवाजमा रेकर्ड गरेर सार्वजनिक गरेका हुन्।

गीतको म्युजिक भिडियोमा सुव्रत आचार्यको कन्सेप्ट र निर्देशन छ भने क्रिएटिभ निर्देशक जया शर्मा रहेकी छिन्। म्युजिक भिडियोमा कलाकारहरू प्रवीण खतिवडा, करुणा श्रेष्ठ र विकास लामिछानेले अभिनय गरेका छन्। भिडियोमा आसिम रानाभाटको विशेष उपस्थिति रहेको छ।

भिडियोको निर्माण व्यवस्थापन दीपेन्द्र गौतम ‘माइकल’ले गरेका छन् भने सहनिर्देशन साइव्रत आचार्यको छ। उत्सव दाहालले छायांकन गरेको भिडियोका सम्पादक तथा रंग संयोजक विकास दाहाल हुन्। मेकअप र हेयर डिजाइन सुप्रिया आरएल शाहले गरेकी छिन् भने स्टाइलिस्ट अशिम रानाभाट रहेकी छिन्। यस म्युजिक भिडियोको पोस्टर डिजाइन विजय बस्यालले तयार पारेका छन्।

गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् भने गीतको रेकर्डिङ र भिडियोको ब्याकग्राउन्ड स्कोर जेम्स प्रधानले गरेका छन्। अडियो मिक्सिङ र मास्टरिङमा दीपेश प्रधान (रक योगिज) छन् भने रेकर्डिस्टको रूपमा बिजेन श्रेष्ठले योगदान दिएका छन्।