Skip This
परासीमा ट्रकको ठक्करबाट मोटरसाइकलचालकको निधन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
२o८१ असोज १ मंगलबार o९:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

परासीमा ट्रकको ठक्करबाट मोटरसाइकलचालकको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार o९:३o:oo

पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट मोटरसाइकलचालकको निधन भएको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार पश्चिम नवलपरासीको रामग्राम– ४ घोडपाली चोकको हुलाकी सडकखण्डमा ना.८ख ७५४९ नम्बरको ट्रकको ठक्करबाट लु. ०१–००२ प २०५४ नम्बरको मोटरसाइकलचालक रामग्राम नगरपालिका– ९ जोकबारेनिवासी ३७ वर्षीय प्रेम ढाँडीको निधन भएको हो । 

दुर्घटनामा परी गम्भीर घाइते ढाँडीको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र ट्रकचालक प्रहरीको नियन्त्रणमा रहेको छ।

मृतकको शव जिल्ला अस्पताल परासीमै पोस्टमार्टमका लागि राखिएको छ ।