सन् २००१ : जिम्मी वेल्स र ल्यारी सानगरले विश्वको सबैभन्दा ठुलो अनलाइन विश्वकोश विकिपेडिया आजकै दिन सार्वजनिक गरे ।
सन् १५३५ : इंग्ल्यान्डका राजा हेनरी आठौँले उनकी श्रीमती क्याथरिनसँगको सम्बन्धविच्छेदलाई स्वीकृति नदिएपछि रोमस्थिति क्याथोलिक चर्चबाट अलग गरेर उनको देशमा गठन गरेको ‘चर्च अफ इंग्ल्यान्ड’को प्रमुख आफैँलाई चुने । यस कदमले इंग्ल्यान्डलाई आजको प्रोटेस्टेन्ट मुलुक बनाउन सघायो ।
सन् १५८२ : इस्टोनिया र लात्भिया समेटिएको पुरानो लिभोनियन क्षेत्रका लागि ३० वर्षदेखि चलिरहेकोे युद्धका अन्त्यमा रुस अन्ततः यी भागमाथिको दाबी त्याग्न राजी भयो ।
सन् १८७० : अमेरिकाका दुई प्रमुख दलमध्ये डेमोक्रेटिक पार्टीको ‘पार्टी चिह्न गधा’ पहिलोपटक हार्पर विक्लीमा व्यंग्यको रूपमा प्रकाशित भयो ।
सन् १९०२ : अब्दुल अजिज इब्न साउद रातको समयमा ४० जनाको समूह लिएर रियाद अधिराज्य घेरेको पर्खाल नाघ्दै सो राज्य कब्जा गर्न सफल भए । योसँगै तेस्रो साउदी राज्यको सुरुवात भयो जुन विस्तार हुँदै आएको साउदी अरब बन्न पुग्यो ।
सन् १९१९ : दुई चर्चित जर्मन समाजवादी नेताहरू रोजा लक्जेमवर्ग र कार्ल लिब्नेख्तलाई जर्मन सेनाले पक्राउपछि यातना दिएर मार्यो ।
सन् १९४३ : हजार आर्किटेक्ट र १४ हजार श्रमिकहरूले तीन सिफ्टमा दिनरात काम गरेर १६ महिनामै विश्वको ठुलो प्रशासनिक भवन ‘पेन्टागन’को निर्माण पूरा गरे ।
सन् १९६६ : नाइजेरियामा पहिलो सैन्य कू भयो ।
सन् १९७० : मुअम्मर गद्दाफीले आफूलाई लिबियाको सर्वोच्च नेता घोषणा गरे ।
सन् १९७३ : अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले पेरिस शान्ति सम्झौताको पूर्वसन्ध्यामा उत्तर भियतनाममा जारी सैन्य कारबाही रोकेको घोषण गरे । त्यसको दुई महिनापछि अमेरिकाले भियतनामबाट आफ्नो सेना फिर्ता गर्यो ।
सन् १९७५ : पोर्चुगलले अफ्रिकी उपनिवेश एंगोलालाई मुक्त गर्ने सम्झौतामा हस्ताक्षर गर्यो, जुन नोभेम्बर ११ मा गएर मात्र पूर्णरूपमा लागू भयो ।
सन् १९९१ : संयुक्त राष्ट्रसंघले इराकलाई कुवेतबाट फिर्ता हुन दिएको समयसीमा अन्त्य भयो । सन् २०१९ : चिनियाँ वैज्ञानिकहरूले अन्तरिक्षयान ‘चाङ’ इचार’ चन्द्रमा ओलिएको केही घण्टापछि त्यसमा राखिएको कपासको बिउ उभ्रिएको पुष्टि गरे ।