अन्य देशहरूलाई जस्तै ट्रम्पले भारतलाई निसाना बनाए पनि नयाँदिल्लीमा ट्रम्पको समर्थन गर्ने उल्लेख्य छन्
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प ‘ट्यारिफ म्यान’ अर्थात् शुल्क लगाउने व्यक्तिको उपनामप्रति वास्तवमै प्रतिबद्ध छन् । यसपटक उनले राष्ट्रपतिको शपथ लिनुअघिका केही साताहरूमा विश्वको सबैभन्दा द्रुत वृद्धि हुने प्रमुख अर्थतन्त्रलाई निसाना बनाएका छन् । यसै महिनाको सुरुमा उनले ब्रिक्स राष्ट्रहरूको कडाआलोचना गरे । प्रमुख अर्थतन्त्र भएका देशले नयाँ मुद्रा बनाए वा अमेरिकी डलरलाई पूर्ण रूपमा विस्थापित गरेमा १०० प्रतिशत शुल्क लगाउने उनले धम्की दिए ।
ब्रिक्सको संस्थापक सदस्य भारत शक्तिशाली र अन्तरसरकारी संगठनको केन्द्रविन्दु हो, जसमा चीन र रुस लगायत देश छन् । अन्य देशहरूलाई जस्तै ट्रम्पले भारतलाई पनि निसाना बनाएका छन् । उनले सेप्टेम्बरमा एक चुनावी कार्यक्रममा नयाँदिल्लीलाई द्विपक्षीय व्यापार सम्बन्धको ‘धेरै ठुलो दुरुपयोगकर्ता’ भनेका थिए ।
आफ्नो पहिलो कार्यकालमा पनि ट्रम्पले स्टिल र एल्युमिनियममा शुल्क लागू गरे जसले प्रतिशोध निम्त्यायो । उनले अन्ततः देशको विशेष व्यापार दर्जा पनि खोसे (यस्तो दर्जाले देशको अर्बौँ डलरको उत्पादनलाई अमेरिकी शुल्कबाट छुट दिएको थियो) । ट्रम्पको कदमले भारतीय अधिकारीहरूबिच क्रोध प्रज्वलित गर्यो ।
तर, ती सबैका बाबजुद राष्ट्रपतिमा निर्वाचित ट्रम्पको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग न्यानो व्यक्तिगत सम्बन्ध छ । चार वर्षअघि राष्ट्रपतिले मोदीको गृहराज्य गुजरातको भ्रमण गर्दा दुवैजनाले एकअर्काको उत्साहपूर्वक प्रशंसा गरेका थिए । सम्बन्धले ट्रम्पको दोस्रो कार्यकालमा भारतलाई राम्रोसँग सेवा दिने सम्भावना रहेको पर्यवेक्षकहरू बताउँछन् ।
‘अन्य मौलिक ब्रिक्स सदस्यहरू– रुस, चीन र ब्राजिल भावनामा अमेरिकाविरोधी भनेर चिनिन्छन्,’ भारतको पर्यवेक्षक अनुसन्धान प्रतिष्ठानका उपाध्यक्ष हर्ष पन्त भन्छन् । नयाँदिल्ली समूहभित्र एक अपवाद हो रडी–डलरीकरण (अमेरिकी डलरमाथिको निर्भरता घटाउने)को विषयलाई खारेज गर्न यसले आफूलाई फाइदाजनक स्थितिमा राख्न सक्छ । केही सदस्यहरूका लागि लामो समयदेखि राखिएको महत्वाकांक्षाको रूपमा आएको यो विचारले सैद्धान्तिक रूपमा समूहलाई डलर प्रयोग गर्नबाट टाढा राख्न सक्छ र नयाँ मुद्रा निर्माण गर्न वा पूरै रूपान्तरण गर्न सक्छ । अन्य मुद्राहरू प्रयोग गर्दा सदस्य राष्ट्रहरूले अमेरिकी डलरमा आफ्नो निर्भरता कमग र्न सक्छन् ।
ब्रिक्सलाई सूक्ष्म ढंगले निगरानी गरिरहेका ट्रम्पले भारतबारे चासो राखेको पन्त बताउँछन् । भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरले यसै महिना अमेरिकी डलरलाई कमजोर बनाउन भारतको कुनै चासो नभएको बताएका थिए ।
भारतको राजधानीमा अझै पनि वासिङ्गटन समर्थित भावना छन् । केही पर्यवेक्षकहरूका अनुसार चीन र अमेरिका एसियाली महाशक्तिसँग टक्करको बाटोमा रहेको विश्वासले वासिङ्टन र नयाँदिल्लीबिचको सम्बन्धलाई चलाइरहेको छ । ‘उनको पहिलो कार्यकाल एकदम सकारात्मक थियो र मोदीसँगको उनको सम्बन्धले पनि भारतका लागि राम्रो काम गर्यो, र त्यसैले दोस्रो कार्यकालजति विघटनकारी नहुन सक्छ भन्ने भावना छ’ पन्तले भने । ट्रम्पको पहिलो कार्यकालमा मोदी र ट्रम्पले आफ्नो व्यक्तिगत सम्बन्धलाई चम्काए । सेप्टेम्बर २०१९ मा टेक्सासमा ‘हाउडी मोदी’ शीर्षकको र्यालीमा मोदीलाई अभिनन्दन गरिएको थियो । फेब्रुअरी २०२० मा राष्ट्रपति ट्रम्पको पक्षमा पुनः आवाज घन्कियो जतिवेला अहमदाबादमा ‘नमस्ते ट्रम्प’ र्यालीमा १ लाख २५ हजार मानिस सडकमा निस्किए ।
मेरील्यान्डको अन्नापोलिसमा रहेको विल्सन सेन्टरको दक्षिण एसियाली संस्थानका माइकल कुगेलम्यान पनि बाइडेनको कार्यकालको तुलनामा विशेषगरी युक्रेन र मानव अधिकारजस्ता मुद्दामा ट्रम्प प्रशासनको आगमनले भारतलाई केही पुनर्मिलन गर्न सक्ने विश्वास गर्छन् । ‘ट्रम्प र मोदीको विश्व दृष्टिकोण धेरै नजिक छ । उनीहरू बाइडेन–ओबामा र मोदीको विश्व दृष्टिकोणभन्दा धेरै मिल्छन्,’ उनी भन्छन् ।
युक्रेन मामिलामा न त ट्रम्प न मोदीले युक्रेनमाथि भएको रुसी हमलाका लागि राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेको उनी बताउँछन् । दुवैले हालै शान्तिको लागि आह्वान गरेका छन् । ट्रम्पले २४ घण्टामा युद्ध अन्त्य गर्ने बताएका छन् र मोदीले जुलाईमा मस्कोको भ्रमण गर्दा शान्तिका लागि मध्यस्थताको प्रस्ताव गरेका थिए ।
भारतलाई आंशिक असर
यद्यपि, यसले भारतलाई ट्रम्प प्रशासनसँग सम्बन्धित सामयिक अशान्तिबाट पूर्णतया मुक्त गर्ने सम्भावना छैन । कुगेलम्यानका अनुसार ट्रम्पले धम्की दिएको १० प्रतिशतको शुल्कले आंशिक रूपमा भारतलाई असर गर्नेछ, किनभने भारतले अमेरिकासँग व्यापार अधिशेष पाएको छ । संयुक्तराज्य अमेरिकाको तथ्यांकअनुसार दुई पक्षबिचको व्यापारले नयाँदिल्लीलाई धेरै फाइदा दिएको छ । पछिल्लो दुई वर्षमा अमेरिकाले निर्यातभन्दा दोब्बर आयात गरेको छ ।
विशेषगरी, चीनबाहिर एप्पलको आपूर्ति शृंखला निर्माण गर्न खोज्दा भारत एप्पलजस्ता कम्पनीका लागि बढ्दो महत्वपूर्ण उत्पादन केन्द्र बनिरहेको छ । यस वर्षको पहिलो १० महिनामा अमेरिकाले भारतमा निर्यात गरेको ३५ अर्ब डलरको तुलनामा भारतबाट ७३ अर्ब डलर आयात गरेको छ । व्यापार असन्तुलन नयाँदिल्लीका लागि टाउको दुखाइको विषय बन्न सक्नेमा कुगेलम्यान र पन्त सहमत छन् । यसको सट्टा यसले सम्झौता वा नीतिका बारेमा थप लेनदेन गर्न सक्छ ।
कुगेलम्यानअगाडि भन्छन्, ‘ट्रम्प यस्तो ढंगले अगाडि बढ्नुपर्छ ताकि नयाँदिल्लीजस्ता रणनीतिक साझेदारहरूले पनि त्यसमा समायोजन गर्नुपर्नेछ ।’ तर, ट्रम्प सम्झौता निर्माता भएको पन्त बताउँछन् । ‘ट्रम्प एक सम्झौता निर्माता हुन् । यो सधैँ दिने र लिने विषयसँग जोडिएको छ,’ उनले भने ।
पन्तले इरानको चाबहार बन्दरगाहमा वासिङ्टनले नयाँदिल्लीलाई २०१८ मा दिएको छुटलाई औँल्याउँछन् । इरानमाथि पुनः प्रतिबन्ध लगाएपछि यो छुट आवश्यक थियो । प्रतिबन्धले सबै अमेरिकी कम्पनीहरू, विदेशी फर्म र देशलाई इरानसँग व्यापार गर्न बाध्य पारेको थियो । नयाँदिल्लीले तेहरानसँग १० वर्षका लागि ५०० अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेको थियो । भारतले आफ्नो कट्टरपन्थी पाकिस्तानलाई बाइपास गरेर मध्यएसिया र अफगानिस्तानका लागि महत्वपूर्ण व्यापार मार्गको रूपमा हेर्छ ।
यो छुट डोनाल्ड ट्रम्पको तत्कालीन दक्षिण एसिया नीतिको हिस्सा थियो । सन् २०१७ को एक भाषणमा ट्रम्पले अफगानिस्तानमा अमेरिकालाई थप आर्थिक सहयोग गर्न भारतलाई आह्वान गरे । अमेरिकाले दुईबिचको लाभदायक व्यापारलाई बार्गेनिङ चिपको रूपमा प्रयोग गर्यो । ‘यदि तपाईं आफ्नो चासो पारदर्शी रूपमा राख्न सक्षम हुनुहुन्छ र ट्रम्पसँग व्यापार गर्न सक्षम हुनुहुन्छ भने तपाईं त्यति कठिन परिस्थितिमा रहनुहुन्न,’ पन्तले थपे । भारतले आफ्नो स्वार्थलाई पछ्याउँदै ट्रम्पको राम्रो पक्षमा रहन बिचको राम्रो रेखामा हिँड्न सक्षम रहेको देखाएको छ । यसलाई दोहोर्याउन सकिन्छ कि भनेर समयले बताउनेछ, तर नयाँदिल्लीको दृश्य आशावादी देखिन्छ ।
–सिएनएनबाट