Skip This
इतिहासमा आज
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १ मंगलबार o९:२३:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार o९:२३:oo

सन् १९७८ : इजिप्टका तत्कालीन प्रधानमन्त्री अनवर एल सादत र इजरायली प्रधानमन्त्री मेनाचेम विगिनले अमेरिकाको क्याम्प डेभिडमा एउटा सम्झौता गरेका थिए, जसलाई इतिहासमा क्याम्प डेभिड सन्धि भनिन्छ । सन्धिमा हस्ताक्षर सन् १९७४ को इजिप्ट–इजरायल शान्ति सम्झौताको अग्ररूप थियो ।

सन् १८०९ : स्विडेन र रसियाबिच फ्रेडरिक्साम सम्झौतामा हस्ताक्षर । हमानिया सम्झौतासमेत भनिने सो सन्धिपछि फिनल्यान्डको युद्ध अन्त्य । सम्झौतापछि फिनल्यान्डले आफ्नो केही भूमि गुमाउनुपरेको थियो । 

सन् १८६२ : अमेरिकाको म्यारिल्यान्डमा भएको एन्टीटाम युद्धलाई अमेरिकी गृहयुद्धमा रक्तपातपूर्ण दिन मानिन्छ । सो दिन दुवै पक्षका गरी चार हजार सेना मारिएका थिए ।

सन् १८९४ : प्योङयाङ युद्ध जितेको भोलिपल्ट जापानले चीनमाथि विजय हासिल गरेको थियो । ब्याटल अफ दि येलो सी भनिने द्वन्द्वमा जापान र चीनका सेनाबिच लडाइँ भएको थियो ।

सन् १९३९ : आधा घन्टामा १० हजार मिटर दौडेर विश्व रेकर्ड कायम । फिनल्यान्डका धावक ताइस्तो माकीले २९ मिनेट ५२ सेकेन्डमा १० हजार मिटर दौडेर पहिलो विश्व रेकर्ड राखे ।

सन् १९९१ : उत्तर कोरिया र दक्षिण कोरिया राष्ट्र संघको सदस्य बने ।