मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025
२o८१ माघ २ बुधबार १५:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेलायत भ्रमणमा रहेका शेखरले भेटे तत्कालीन अनमिनका प्रमुख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २ बुधबार १५:१९:oo

बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेको तत्कालीन नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन अनमिनका प्रमुख इयान मार्टिनसँग लन्डनमा भेटघाट गरेका थिए।

भेटघाटका क्रममा मार्टिनले अहिले पनि नेपालको शान्ति प्रक्रिया अझै नटुंगिएकाले जतिसक्दो छिटो यसलाई टुंग्याउन सुझाव दिएका कोइरालाको सचिवालयले जनाएको छ। यस्ता विषयलाई लामो समयसम्म राख्न नहुने उनको भनाइ थियो।

तत्कालीन समयमा विद्रोहमा रहेको दलसमेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकाले संक्रमणकालीन न्यायलाई टुंग्याउनुपर्नेमा मार्टिनको जोड थियो।