मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २ बुधबार १५:o६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुकेधारामा खुल्यो पाँचतारे मर्क्योर होटेल, प्रधानमन्त्रीले गरे उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २ बुधबार १५:o६:oo

काठमाडौंको सुकेधारामा तीन अर्ब रुपैयाँ लगानीमा पाँचतारे मर्क्याेर होटेल सञ्चालनमा आएको छ। बुधबार प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रमबिच अन्तर्राष्ट्रिय ब्रान्डको उक्त होटेल उद्घाटन गरेका हुन्।

होटेलको व्यवस्थापन बहुराष्ट्रिय फ्रान्सेली एक्योर समूहको मर्क्याेर ब्रान्डले सम्हालेको छ। विश्वभर होटेल व्यवस्थापन गर्दै आएको एक्योर समूह पहिलोपटक नेपाल भित्रिएको हो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन मर्क्याेर होटेलले योगदान गर्ने विश्वास व्यक्त गरे । नेपाली पर्यटनमा फ्रान्सेली पर्यटकको योगदान स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘फ्रान्सेली आरोही मौरिस हर्जोगको टोलीले सन् १९५० मा आठ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गर्नु नै नेपाली पर्यटन विकासको पहिलो खुड्किलो थियो।’

प्रधानमन्त्री ओलीले मर्क्याेरले होटेल व्यवसायमा नयाँ टेस्ट दिँदै हस्पिटालिटी व्यवसायलाई थप प्रोत्साहन दिने अपेक्षा व्यक्त गरे। उनले यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्न तयार रहेको आश्वासन दिए।

सुकेधारा हाइटमा ठडिएको १२ तले होटेलमा १०४ कोठा छन् । यस्तै, बाह्रौँ तलामा स्विमिङ पुल छ। ११ तलामा इन्डियन र ग्राउन्ड फ्लोरमा इटालियन रेस्टुराँ रहेको छ।

पाँच रोपनी क्षेत्रफलमा फैलिएको होटेलमा चार सयजना क्षमताको बेंक्वेट हल रहेको छ। होटेलले दुई सयभन्दा बढीलाई रोजगारी दिएको छ । होटेलको माथिल्लो भागबाट काठमाडौं उपत्यका र आसपासको हरियाली डाँडाकाँडा सहजै नियाल्न सकिन्छ।