सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यंग्यात्मक टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्–
अब खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ। बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका थिए। सो अध्यादेशमा हदबन्दीभन्दा धेरै जग्गा राख्नेहरूलाई सहुलियत दिने विषय समावेश रहेको भन्दै विवाद भएको थियो। राष्ट्रपति पौडेलले आइतबार रोकेको अध्यादेश बुधबार जारी गरेका हुन्।