मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २ बुधबार १६:२६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा सामान्य सुधार, झन्डै ६ अर्बको कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २ बुधबार १६:२६:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अंकको सुधार देखिएको छ। आज बुधबार नेप्से परिसूचक १.८३ अंकले बढेर दुई हजार ५९५.९६ को विन्दुमा कायम भएको हो।

आज २९९ कम्पनीको एक करोड सात लाख ४५ हजार चार सय २७ कित्ता सेयर ६३ हजार ३७७ पटक खरिद–बिक्री हुँदा रु. पाँच अर्ब ८२ करोड ४९ लाख चार हजार १३४ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा बैंकिङ समूह ०.८१, वित्त ३.४८, लगानी ०.०७, लघुवित्त ०.५२, म्युचुअल फन्ड ०.१७ र निर्जीवन बिमा ०.४१ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ।

विकास बैंक १.०८, होटेल तथा पर्यटन १.६३, जलविद्युत् १.७६, जीवन बिमा ०.०८, उत्पादन तथा प्रशोधन ०.४८, व्यापार ०.०१ र अन्य समूह ०.०४ प्रतिशतले बढेको छ।

डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु. ३२ करोड ४९ लाख ४४ हजार ७१८ कित्ता सेयर किनबेच भएको छ।

कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको तीन लाख पाँच हजार ४२१ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ। रासस