१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २४ सोमबार १७:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार १७:११:oo

नेपाल विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो।

विधेयकमा रास्वपाकी सांसद सुमना श्रेष्ठले फरक मत राखेकी थिइन्। निर्णयार्थ प्रस्तुत गर्दा उनले विधेयकको विपक्षमा मतदान गरेकी थिइन्।

बहुमतले पारित भएको विधेयकलाई प्रतिनिधिसभाले अब सन्देशसहित राष्ट्रिय सभामा पठाउनेछ। राष्ट्रिय सभामा उत्पत्ति भएको सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा कार्यान्वयनमा आउनेछ।