१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
रासस काठमाडौं
२o८१ भदौ २४ सोमबार १६:२२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पछिल्लो चार कारोबार दिनदेखि नेप्से निरन्तर ओरालो

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार १६:२२:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ। गत साताको बुधबार ९०.७३ र बिहीबार १२.१० अंकले घटेको नेप्से परिसूचक यो साता कारोबारको पहिलो दिन आइतबार २५.४६ अंकले घटेको थियो। 

पुँजीबजारको ओरालो यात्राले आज सोमबार पनि निरन्तरता पाएको छ। आज नेप्से ५५.८६ अंकले घटेर दुई हजार ६ सय ४६.०३ को विन्दुमा कायम भएको हो। यो २.०६ प्रतिशतको गिरावट हो।

नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट देखिएको छ। कारोबार रकम गत असार मसान्तको हाराहारीमा खुम्चिएको छ। आज तीन सय २७ कम्पनीको दुई करोड १० लाख ४८ हजार नौ सय ११ कित्ता सेयर एक लाख ११ हजार ९८६ पटक खरिद–बिक्री हुँदा रु. नौ अर्ब ४३ करोड ९१ लाख ६ हजार बराबरको कारोबार भएको छ।

आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ। सबैभन्दा धेरै होटेल तथा पर्यटन समूह २.६७, जीवन बिमा २.४९, निर्जीवन बिमा २.४५, लघुवित्त २.३३, बैंकिङ २.२८ र वित्त समूह २.२७ प्रतिशतले घटेको छ।

त्यस्तै, विकास बैंक १.८७, जलविद्युत् २.४४, लगानी ०.३४, उत्पादन तथा प्रशोधन १.२५, म्युचुअल फन्ड ०.९४, व्यापार ०.३५ र अन्य समूह १.८३ प्रतिशतले घटेको छ। हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ८.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७.७८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु. ३७ करोड पाँच लाख ५७ हजारबराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर सेयर १३ लाख ८२ हजार ९०६ कित्ता सेयर किनबेच भएको छ।