१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २४ सोमबार १५:२७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पल्सर स्पोर्टस् अवार्डलाई चार विधाका मनोनयन सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार १५:२७:oo

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८० को वर्षपुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक गरिएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले सोमबार पत्रकार सम्मेलनमार्फत २१औँ संस्करणको अवार्डका लागि चार विधामा मनोनयन सार्वजनिक गरेको हो। चार विधामा उत्कृष्ट पाँच–पाँचजना खेलाडी र प्रशिक्षक मनोनयनमा परेका हुन्।

अवार्डका लागि पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कराँतेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन्।

महिलातर्फ कराँतेकी एरिका गुरुङ, फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशी मनोनयनमा परे।

यसैगरी, युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्तपाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) छन्। वर्ष उत्कृष्ट प्रशिक्षकमा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराँते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय महर्जन (भारोत्तोलन) मनोनीत भएका छन्।


०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र नतिजाका आधार उनीहरूलाई मनोनयनमा समावेश गरिएको हो। अवार्ड भदौ २८ गते कमलदीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रमा प्रदान गरिनेछ ।

यसअघि अवार्डको पिपल्स च्वाइस विधा मनोनयन सार्वजनिक भइसकेको छ। पिपल्स च्वाइसमा फुटबलकी प्रीति राई, कबड्डीकी मानमती विष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुल्सन झा मनोनयनमा छन्। यसको विजेता घोषणा इसेवाको भोटिङ, २९ वटा खेलका प्रमुख प्रशिक्षकको मत, एनएसजेफका सदस्यको मत र पल्सर स्पोर्टस् अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा प्राप्त लाइकका आधारमा गरिनेछ। इसेवाको मत भदौ २७ गते राति १२ बजेसम्म खुला रहनेछ।