१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २४ सोमबार १२:२७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

आफैँ न्याय खोजिरहेको ऐतिहासिक अदालत भवन [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार १२:२७:oo

पाटन दरबार क्षेत्रमा जीर्ण अवस्थामा रहेका सबैजसो ऐतिहासिक मठमन्दिर र भवनहरू पुनर्निर्माण भइसके । कतिपय ससाना मन्दिर पुनर्निर्माण धमाधम भइरहेका छन् । तर, सम्पदा क्षेत्रमै रहेको एउटा राणाकालीन ऐतिहासिक भवन भने पुनर्निर्माण पर्खिरहेको मात्रै छैन, सरकारी निकायलाई समेत गिज्याइरहेको छ ।

पुनर्निर्माण पर्खिरहेको उक्त भवन हो मंगलबजारस्थित तत्कालीन जिल्ला अदालत भवन । हुन त यस भवनबाट करिब ३३ (०४८) वर्षअघि नै जिल्ला अदालत लगनखेलमा सरिसकेको छ । हाल खाली रहेको यो भवन पुनर्निर्माण नहुँदा सिंगो दरबार क्षेत्र नै कुरूप बनिरहेको छ । थप सामग्री हेर्नुस् भिडियाेमा :