१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
रासस रुकुम पश्चिम
२o८१ भदौ २४ सोमबार ११:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार ११:५५:oo

रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ६ र ७ को सिमानामा पर्ने रमा खोलाले आइतबार राति रा.६प २९६१ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरूको मृत्यु भएको हो । 

साँख गाउँबाट कानेवाङ आउने क्रममा मोटरसाइकल बगाउँदा मुसिकोट– ४ का ५० वर्षीय सर्जन पुन र मुसिकोट– ६ का ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए। 

घटनाबारे प्रहरीले आज बिहान मात्र जानकारी पाएको हो । महिलाको शव खोलाभन्दा तीन सय मिटर तल तथा पुरुषको शव २० मिटर तल मोटरसाइकले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।