१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २४ सोमबार ११:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चाँदबाग स्कुलले गर्‍यो एमयुएन सम्मेलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार ११:५o:oo

चाँदबाग स्कुलले आफ्नो वार्षिक मोडेल युनाइटेड नेसन्स (एमयुएन) सम्मेलन सम्पन्न गरेको छ । स्कुलले ६ देखि ८ सेप्टेम्बरसम्म सो सम्मेलन आयोजन गरेको हो ।

उक्त सम्मेलनमा २० विद्यालयका दुई सयभन्दा बढी प्रतिनिधि सहभागी थिए । तीनदिने कार्यक्रममा संलग्न बहस, सहयोगी समस्या समाधान र महत्वपूर्ण विश्वव्यापी समस्यालाई सम्बोधन गर्ने युवा नेताहरूको सक्रिय सहभागिताद्वारा चित्रित गरिएको थियो ।

समापन समारोह प्रमुख अतिथि, सेभ द चिल्ड्रेन, नेपाल र भुटान कन्ट्री अफिसका एड्भोकेसी क्याम्पेन कम्युनिकेसन एन्ड मिडियाका निर्देशक आयुष श्रेष्ठ जोशीलगायतले गरेका थिए । सम्मेलनको अवधिमा प्रतिनिधिहरू संयुक्त राष्ट्र मानव अधिकार परिषद्, मानव अधिकार चुनौतीलगायतका समितिमा भाग लिँदै बोलेका थिए ।