१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २४ सोमबार ११:४३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘बोट’को व्यापार चार गुणाले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार ११:४३:oo

भारतीय अडियो तथा वायरेबल ब्रान्ड बोटले नेपाली बजारमा आफ्नो व्यापार चार गुणाले बढेको बताएको छ । दुई वर्षअघि नेपालमा बोट भित्रिएसँगै ब्रान्डले टेलिटकसँगको सहकार्यमा नयाँ प्रविधियुक्त प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनको बजारीकरण गर्दै आफ्नो क्षेत्रीय नेतृत्वलाई अझ सुदृढ बनाउने योजना बनाएको बताएको छ ।

पछिल्लो दुई आर्थिक वर्षमा निरन्तर रूपमा ब्रान्ड भ्यालुका आधारमा पहिलो र भोल्युमका आधारमा दोस्रो स्थान ओगट्न सफल रहेको कम्पनीले दाबी गरेको छ । कम्पनीले बढ्दो मागलाई ध्यानमा राख्दै टिडब्लुएस, निर्भाना आइओएन, एयरडप सुप्रिम र एयरडप– ९१ का साथ वेभकल–२, स्मार्ट वाच तथा पावर बैंकहरू पनि उपलब्ध गराउने जनाएको छ । 

साथै, कम्पनीले २६ भदौसम्म दराजमा ‘बोटहेडेडज’ नामक ब्रान्ड सेल विक आयोजना गरेको छ । यसअवधिमा दराजबाट खरिद उत्पादनमा ७० प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।