१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
२o८१ भदौ २४ सोमबार ११:३६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साइमेक्स र बिवाइडीले गरे च्यारिटी फाउन्डेसन घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार ११:३६:oo

साइमेक्स इंकले न्यु इनर्जी भेइकल (एनइभी)को ग्लोबल लिडर बिवाइडीसँगको सहकार्यमा साइमेक्स बिवाइडी च्यारिटी फाउन्डेसनको स्थापना गरेको घोषणा गरेको छ । फाउन्डेसनमा साइमेक्स इंकले एक करोड रुपैयाँ योगदान गर्नेछ भने प्रत्येक बिवाइडी गाडी बिक्रीबापत १० हजार रुपैयाँ फाउन्डेसनमा जम्मा गरिने बताइएको छ । 

घोषणा समारोहमा बिवाइडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ स्वेलियाङले ग्राहकले किन्ने प्रत्येक बिवाइडी गाडीबापत १० हजार रुपैयाँ फाउन्डेसनलाई उपलब्ध गराउने घोषणा गरे । यो पहलले कुनै पनि कार्यमा महŒवपूर्ण प्रभाव पार्ने गरी समुदायलाई संलग्न गराउने बिवाइडी र साइमेक्सको सामूहिक लक्ष्यतर्फ संकेत गर्ने बताइएको छ । 

साथै, साइमेक्सका अध्यक्ष अनिल श्रेष्ठले फाउन्डेसनका लागि एक करोड रुपैयाँ योगदान गर्ने घोषणा गरे । सामाजिक क्षेत्रमा महŒवपूर्ण योगदान गर्ने नेतृत्वको अटल समर्पणलाई यसले प्रतिबिम्बित गर्ने उनको दाबी छ । शिक्षा, स्वास्थ्य सेवा र दिगो विकासजस्ता समाजमा भएका सबैभन्दा ठूला चुनौतीलाई सम्बोधन गर्ने कार्यमा फाउन्डेसन केन्द्रित हुुनेछ ।