१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २४ सोमबार ११:२३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चाडपर्वमा सिजीको सामान किन्दा डब्बल खुसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार ११:२३:oo

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले दसैँ–तिहारलक्षित ‘नेपालकै अब्बल सिजीसँग खुसी डब्बल’ योजना ल्याएको छ । यो योजनाअन्तर्गत प्रत्येक सिजीका सामान खरिद गर्दा आकर्षक क्यासब्याक र पक्का उपहार प्राप्त गर्न सक्नेछन् । 

कम्पनीका अनुसार मेरिडियाका सामान खरिदमा ६० हजार पाँच सयसम्मको क्यासब्याक र ग्यारेन्टी उपहार प्राप्त गर्नेछन् । त्यस्तै, सिजी टिभी ६५ र सिजी क्युलेड ७५ इन्चभन्दा माथिको खरिदमा २.१ स्पिकर निःशुल्क पाउनेछन् । साथै, डब्बल डोर रेफ्रिजेरेटर किन्दा फ्राई प्यान, मल्टिडोर रेफ्रिजेरेटरमा मेरिडिया भ्याकुम, माइक्रोवेभ ओभन किन्दा कुकिङ किट, फ्रन्ट लोड वासिङ मेसिनमा तीन किलो सर्फ र डिसवासर किन्दा डिसवासर किट निःशुल्क पाउन सकिने कम्पनीले जनाएको छ । 
त्यस्तै, चाडपर्वको योजनामा ग्राहकले ३२ देखि ५५ इन्चको टिभीका जी स्पिकर, चेस्ट फ्रिजर, भ्याकुम क्लिनर किन्दा पनि क्यासब्याक प्राप्त गर्नेछन् । साथै, कम्पनीले एयर कन्डिसनरको खरिदमा निःशुल्क जडान सुविधासमेत प्रदान गर्नेछ । यो योजना २३ भदौबाट लागू भइसकेको छ ।