१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २१ शुक्रबार १९:१७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

निर्मला कुर्मी हत्या प्रकरण : न्यायका लागि दबाब निरन्तर [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार १९:१७:oo

बाँके नेपालगन्ज– १७ की निर्मला कुर्मीलाई न्याय माग्दै पीडित पक्ष र अधिकारकर्मीहरू करिब एक महिनादेखि काठमाडौं आएर धर्ना दिइरहेका छन्। सो क्रममा आज शुक्रबार धर्नामा बसेका रुवि खानसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

निर्मलाको अपहरणपछि हत्यामा संलग्न भनिएका अभियुक्त बादशाह कुर्मीलाई कानुनी सजाय दिनुको साटो लुम्बिनी प्रदेशमा वनमन्त्री बनाएको भन्दै पीडितहरुले पुनः आन्दोलन गरिरहेका छन्।

निर्मला २५ माघ ०७५ को राति अचानक बेपत्ता भएकी थिइन् । अपहरणपछि उनको हत्या गरिएको पुष्टि १४ पुस ०७७ मा भएको थियो । घटनामा नेपालगन्ज– १७ कै बादशाह कुर्मी, कृष्णकुरारी सिंह, कुवर बब्बर सिंह ठाकुर, उर्मिला कनोजिया, अम्मरलाल कुर्मी र धीरेन्द्र सिंह तथा नेपालगन्ज– १८ का रमेश थापा र पावर्ती विष्ट संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालले जाहेरी दिएकी थिइन् ।

तस्बिरमा हेर्नुस् न्याय माग्दै गरिएकाे प्रदर्शन :