Skip This
हवाई उड्डयनमा सेवा प्रदायक र नियामक छुट्याउने प्रस्ताव मन्त्रिपरिषदमा पुगिसक्यो : मन्त्री पाण्डे 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३१ सोमबार १४:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हवाई उड्डयनमा सेवा प्रदायक र नियामक छुट्याउने प्रस्ताव मन्त्रिपरिषदमा पुगिसक्यो : मन्त्री पाण्डे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार १४:३६:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव तथा नागरिक उड्डयनका क्षेत्रमा नियामक र सेवाप्रदायक निकायलाई छुट्याउने गरी बनेको विधेयक मन्त्रिपरिषदमा पेस भएको बताएका छन्।

सोमबार मन्त्रालयमा आयोजित पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा मन्त्री पाण्डेले उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिको प्रस्ताव मन्त्रिपरिषदमा प्रवेश भइसकेको जानकारी दिएका हुन्।

‘हालसम्म भएका विमान दुर्घटनाको विषय क्याबिनेटमा पुगिसकेको छ। उच्च अदालतको पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बन्दै छ,’ उनले भने।

यसैगरी, मन्त्री  पाण्डेले हवाई उड्डयनमा नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी बनेको विधेयक अर्थ र कानुन मन्त्रालय हुँदै मन्त्रिपरिषद्को विधेयक समितिमा पुगेसकेको बताए। उनले भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि अन्तरमन्त्रालयस्तरमा काम भइरहेकोसमेत जानकारी गराए।

अहिले प्रस्तावित छानबिन समितिमा यसअघिका कार्यदलले बनाएका अध्ययन प्रतिवेदनहरूलाई रिफ्रेन्सका रूपमा लिएर अघि बढ्ने मन्त्री पाण्डेले बताए। उनले अध्ययनले दिएको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे।