Skip This
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले लिए शपथ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ३१ सोमबार १४:१९:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार १४:१९:oo

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले  शपथ लिएका छन्। 
नवनियुक्त प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याल र सदस्यहरू डा. सुदनकुमार वली, भुवन चौधरी र शान्तादेवी ढकालले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा सोमबार  मुख्यमन्त्री चेतनारायण आचार्यले उपाध्यक्ष डा. डिल्लीराज अर्याललाई पद तथा गोपनीयताको शपथ  गराएका थिए।  उपाध्यक्ष अर्यालले सदस्य डा. सुदनकुमार वली, भुवन चौधरी र शान्तादेवी ढकाललाई शपथग्रहण गराए।

प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश, २०८० को दफा १६ बमोजिम उपाध्यक्ष तथा सदस्यहरूले आफ्नो कार्यभार सम्हाल्नुअघि अनुसूची २ बमोजिम ढाँचामा उपाध्यक्षले अध्यक्षसमक्ष र सदस्यहरूले उपाध्यक्षसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। 

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगको उपाध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो। प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको सुखद भविष्य निर्माण गर्न तथ्य र प्रमाणमा आधारित योजनाहरूलाई अघि बढाउन प्रदेश योजना आयोगलाई निर्देशन दिए। 

उनले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको आकांक्षा पूरा गर्न प्रदेश योजना आयोगले तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन निर्देशन दिए। ‘पहिलो आवधिक योजनाको जगमा प्रदेश उभिएको छ। अब हामी दोस्रो आवधिक योजना निर्माणको अन्तिम चरणमा छौँ,’ उनेले भने, ‘दोस्रो आवधिक योजनालाई पूर्णता दिन यहाँहरूको भूमिका प्रदेशले चाहेको छ ।’ 

प्रदेशको भाग्य र भविष्य रच्ने जिम्मेवारी योजना आयोगको रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन आग्रह गरे।