Skip This
सहकारी छानबिन प्रतिवेदनमा सबै सदस्यकाे हस्ताक्षर, आजै सभामुखलाई बुझाइने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३१ सोमबार १४:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहकारी छानबिन प्रतिवेदनमा सबै सदस्यकाे हस्ताक्षर, आजै सभामुखलाई बुझाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार १४:१२:oo

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन आजै सभामुखलाई बुझाइने भएको छ। अन्तिम प्रतिवेदन लेखनको काम सकिएसँगै समितिका सबै सदस्यले प्रतिवेदनमा हस्ताक्षर गरिसकेका छन्।

गत जेठ १५ मा प्रतिनिधिसभाले तीन महिनाको कार्यावधि दिएर एमाले सांसद सूर्य थापाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिमा कांग्रेसबाट बद्री पाण्डे र ईश्वरी न्यौपाने, एमालेबाट सरिता भुसाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य छन्।