Skip This
लुम्बिनी प्रदेश योजना आयोगमा उपाध्यक्ष र सदस्य नियुक्त
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ३१ सोमबार १३:४६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लुम्बिनी प्रदेश योजना आयोगमा उपाध्यक्ष र सदस्य नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार १३:४६:oo

लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मी मालिका गाउँपालिका– ८ निवासी डा. डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ।

यस्तै, बैठकले सदस्यहरूमा रोल्पा परिवर्तन गाउँपालिका– ६ निवासी डा. सुदनकुमार वली, दाङ घोराही उपमहानगरपालिका– १६ निवासी भुवन चौधरी र रुपन्देहीको बुटवल उपमहानगरपालिका– १८ निवासी शान्तादेवी ढकाललाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए।

बैठकले दाङ जिल्ला शान्तिनगर गाउँपालिका– ४ चिराघाटबाट परिवर्तन गरी सोही गाउँपालिकाको वडा नं. ४ स्थित जुम्लेकुलामा केन्द्र तोक्न नेपाल सरकारलाई सिफारिस गरेर पठाउने निर्णय गरेको छ। गाउँपालिकाको १५औँ गाउँसभाको दुईतिहाइ बहुमतबाट पालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय पास गरेको थियो।

यसैगरी गुल्मीको मुसिकोट नगरपालिका र जापानको ओइता प्रिक्याक्चर, बुंगाेओनो सहरबिच भगिनी सम्बन्ध कायम गर्ने आवश्यक निर्णयका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।