Skip This
गुणस्तरभन्दा विद्यार्थी धेरै भएका विद्यालय र शिक्षक पुरस्कृत 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
२o८१ असोज २ बुधबार २३:o२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार

गुणस्तरभन्दा विद्यार्थी धेरै भएका विद्यालय र शिक्षक पुरस्कृत 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार २३:o२:oo

शिक्षा मन्त्रालयले बुधबार ७० जना सामुदायिक र ३२ जना निजी विद्यालयका शिक्षकलाई सम्मान ग¥यो । सामुदायिक विद्यालयतर्फ सम्मान तथा पुरस्कृत हुनेमा धेरैजसो विद्यालयका प्रधानाध्यापक र निजी विद्यालयतर्फ धेरैजसो सञ्चालक छन् । पुरस्कार तथा सम्मान केका आधारमा प्रदान गरियो भन्ने आधार मन्त्रालयसँग छैन । न त सम्मान तथा पुरस्कार प्रदान गर्न कोर टिम तय गरेर नामावली संकलन र अध्ययनै गरिएको थियो । मन्त्री तथा माथिल्लो तहका व्यक्तिले सिफारिस गरेका आधारमा अधिकांश शिक्षक सम्मानित भएका छन् । 

सम्मानित तथा पुरस्कृत हुनेमा अधिकांश विद्यार्थी संख्या धेरै भएका विद्यालय छन् । विद्यार्थी संख्या कम भएका, तर राम्रो शिक्षाको अभ्यास गरिरहेका विद्यालय सम्मान तथा पुरस्कार पाउनबाट वञ्चित रहे । सामुदायिक विद्यालयतर्फ पुरस्कृत हुने बुटवलको कालिका मानविज्ञान माविमा सबैभन्दा धेरै विद्यार्थी छन् । तर, यो विद्यालयमा पनि गत वर्षको एसइईमा ७५ जना विद्यार्थी अनुत्तीर्ण भएका थिए । शिक्षा मन्त्रालयले बुधबार कालिका मानविज्ञान माविका प्रधानाध्यापक दिनेश थापालाई पुरस्कृत ग¥यो । 

ज्ञानोदय माविकी शिक्षक रुकुमाया मैनाली पनि सम्मानित भएकी छिन् । यो विद्यालय उपत्यकाका सामुदायिक विद्यालयमध्ये सबैभन्दा धेरै विद्यार्थी हुने विद्यालय हो । भक्तपुरको सूर्यविनायकमा रहेको गणेश माविका शिक्षक चन्द्रप्रसाद मैनाली पनि पुरस्कृत भए । यो विद्यालयमा न त शैक्षिक गुणस्तरीयतामा अघि छ, न त विद्यार्थी संख्यामै । च्यामासिंहमा रहेको बागिश्वरी मावि नतिजा र विद्यार्थी संख्या राम्रो भए पनि सम्मानित हुने सूचीमा परेन । 

कपिलवस्तुको पिपरामा रहेको जनता माविमा विद्यार्थी संख्या उल्लेखनीय छ । तर गत वर्षको एसइईमा यो विद्यालयबाट सयहाराहारी विद्यार्थी अनुत्तीर्ण भएका थिए । बुधबार शिक्षामन्त्री विद्या भट्टराईले सो विद्यालयका शिक्षक यादव शर्मा पोखरेललाई पुरस्कृत गरिन् । ललितपुरको प्रगति शिक्षा सदन पनि विद्यार्थी संख्या धेरै भएको विद्यालय हो । विद्यालयका शिक्षक सत्यनारायण महर्जनलाई मन्त्रालयले पुरस्कृत गरेको छ । 

मन्त्रालयले सामुदायिक विद्यालयका अन्य ७३ जना शिक्षकलाई सम्मान ग¥यो । जसमा कोशी प्रदेशका १४, मधेशका आठ, बागमती प्रदेशका १३, गण्डकी प्रदेशका आठ, कर्णाली प्रदेशका १०, सुदूरपश्चिम प्रदेशबाट नौजना शिक्षक छन् । पुरस्कृत हुने अधिकांश शिक्षक विद्यार्थी संख्या धेरै हुने विद्यालयका हुन् । 

स्रोतका अनुसार राजनीतिक दल, विद्यालय व्यवस्थापन समिति, जिल्ला शिक्षा समन्वय इकाइ, शिक्षामन्त्री तथा अन्य राजनीतिक दलको सिफारिसमा शिक्षकलाई पुरस्कृत गरिएको थियो । झन्डै एक करोडको पुरस्कार सही व्यक्ति तथा विद्यालयले नपाउँदा शैक्षिक गुणस्तरमा यस्ता पुरस्कारले खासै अर्थ नराख्ने शिक्षाविद् विद्यानाथ कोइरालाले बताए । उनका अनुसार हरेक वर्ष शिक्षा क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याएबापत भनेर राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने गरिएको छ । तर, पुरस्कृत र सम्मानित हुने शिक्षकले फरक वा परिवर्तनका लागि के काम गरे भनेर अध्ययन गरिएको छैन । ‘नातेदार र पार्टीको सिफारिस तथा भनसुनका आधारमा शिक्षक तथा विद्यालयलाई पुरस्कृत गर्ने गरिन्छ, यसले कुनै परिवर्तन ल्याउन सकिँदैन,’ कोइरालाले भने, ‘यस्ता पुरस्कार शिक्षाको परिस्कार र परिवर्तनमा काम गरेकालाई दिनुपर्ने हो, तर आफ्ना र पार्टीका सिफारिसका आधारमा दिइन्छ, यसले गर्दा राम्रो अभ्यास गरिरहेका शिक्षक तथा विद्यालयलाई नराम्रो लाग्छ ।’ 

शिक्षा मन्त्रालयले उत्कृष्ट निजी र सामुदायिक विद्यालयलाई नगदसहित पुरस्कार प्रदान गरेको छ । जसमा सामुदायिक विद्यालयतर्फ दाङको सामुदायिक विद्यालय मावि तुलसीपुर सेँटरलाई उत्कृष्ट शिक्षा पुरस्कार र निजीतर्फ काठमाडौं टोखामा रहेको फ्लोरोसेन्ट विद्यालयलाई राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । यी विद्यालयलाई नगद तीन लाख र सिल्ड र प्रमाणपत्र प्रदान गरियो । दोस्रो पुरस्कार प्राप्त गर्ने त्रिपुरेश्वरको विश्व निकेतन माध्यमिक विद्यालय छ । निजीतर्फ बिजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय दोस्रो भएको छ । तेस्रो हुनेमा दाङको जनकल्याण मावि छ । 

शिक्षा मन्त्रालयले निजी विद्यालयका शिक्षक र सञ्चालक गरी ३२ जनालाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरेको छ । पुरस्कृत हुनेमा कोशी प्रदेशका पाँच, मधेशका पाँच, बागमतीका पाँच, गण्डकीका तीन, लुम्बिनीका पाँच, कर्णालीका चार र सुदूरपश्चिमका पाँचजना छन् । यी विद्यालयलाई के आधारमा पुरस्कृत गरियो भन्ने आधार मन्त्रालयले दिएको छैन ।

शिक्षा दिवस समारोहमा प्रधानमन्त्री केपी ओलीले आउँदा वर्ष एसइईको नतिजा सुधार गर्ने दाबी गरे । उनले आगामी वर्ष एसइईमा उत्तीर्ण दर ७० प्रतिशत पु¥याइने दाबी गरे । गत वर्षको एसइई नतिजामा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए । ‘अब सरकार ४८ प्रतिशतबाट ७० प्रतिशत पु¥याउने लक्ष्य लिएर अगाडि बढेको छ, एकै वर्षमा २२ प्रतिशतले वृद्धि गर्न सक्छौँ,’ ओलीले भने, ‘ज्ञान, शिक्षा, सीप, विज्ञान प्रविधिमा पछि परेकोलाई बदल्नुपर्ने छ ।’ 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रमुख दीपक शर्माले पुरस्कृत हुनेमध्ये सबैजसो शिक्षक र विद्यालय उत्कृष्ट भएको दाबी गरे । ‘सम्मानित तथा पुरस्कृत हुनेमा शिक्षामा राम्रो गरेका शिक्षक र विद्यालय छन्,’ उनले भने, ‘पुरस्कार प्रदान गर्दा ३५–४० लाख हाराहारी खर्च भएको छ ।’