Skip This
सुदूरपश्चिमका बाढीपीडितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन सांसद तामाङको माग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३१ सोमबार १४:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिमका बाढीपीडितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन सांसद तामाङको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार १४:o६:oo

नेकपा एमालेका सांसद तारा लामा तामाङले भदौ अन्तिम साता सुदूरपश्चिममा आएको वर्षापछिको बाढीपहिरोमा परी विस्थापित परिवार र ज्यान गुमाएकाहरूको परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद तामाङले भदौ २७ देखि २९ सम्म पश्चिमकेन्द्रित वर्षाका कारण कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुरामा आठजनाको ज्यान गएको र सयौँ परिवार विस्थापित भएको जानकारी गराए।

‘मृतकका परिवार र बाढीपहिरोपीडितलाई उचित क्षतिपूर्तिको माग गर्दछु,’ कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने सांसद तामाङले भने, ‘विभागीय मन्त्रीलाई स्थलगत अनुगमनका लागि पनि अनुरोध गरेको छु।’

तामाङका अनुसार कञ्चनपुरमा दोदा, चौधर र महाकाली नदीको बाढीले हजारौँ बिघा धानखेती बगरमा परिणत भएको छ। ‘असोजको पहिलो साता जहिल्यै बाढीले क्षति गर्छ, यसपटक अगाडि नै बाढी आएको छ,’ उनले भने, ‘महाकाली नदीले तटबन्ध भत्काएको छ।’

सांसद तामाङले आरक्षपीडित दोहोरो मारमा परेको बताए। धनगढीदेखि पुनर्वास, बेलौरी जोड्ने सडक स्थलमार्गको कनेक्सन टुटेको उनले सदनलाई जानकारी गराए। ‘जनता डेलिगेसन लिएर काठमाडौं आउन खोजेका छन्,’ उनले भने।