१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २१ शुक्रबार १५:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहसचिवमा गोकर्णमणि दुवाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार १५:३८:oo

सरकारले गृह मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडीलाई खटाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई गृहसचिवका रूपमा खटाउने निर्णय गरेको हो।

दुवाडी हाल राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत छन्। कार्यालयबाट सरुवा गरेर उनलाई गृह मन्त्रालय ल्याइएको हो।

यही १४ भदौमा गृहसचिव रहेका एकनारायण अर्याललाई मुख्यसचिवमा बढुवा गरिएलगत्तै खाली पदमा दुवाडीलाई ल्याइएको हो। गृहसचिव बन्न आधा दर्जन सचिवबिच प्रतिस्पर्धा रहे पनि अन्ततः सरकारले दुवाडीलाई खटाउने निर्णय गरेको हो।

दुवाडी यसअघि भूमि व्यवस्था मन्त्रालय, निर्वाचन आयोग र मधेश प्रदेशको प्रमुख सचिव भइसकेका छन्।