Skip This
‘जनयुद्ध नभएको भए ०६५ सालमा लोडसेडिङ होइन, लोकतन्त्र अन्त्य हुन्थ्यो’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३१ सोमबार १३:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘जनयुद्ध नभएको भए ०६५ सालमा लोडसेडिङ होइन, लोकतन्त्र अन्त्य हुन्थ्यो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार १३:३९:oo

नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले माओवादी जनयुद्धका कारण लोकतन्त्रका मूल्य–मान्यता रक्षा भएको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा दलका तर्फबाट बोल्दै सांसद बस्नेतले यस्तो बताएका हुन्।

भदौ १२ गते प्रतिनिधिसभाको बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादीको १० वर्षे हिंसा नभएको भए ०६५ सालमै देश लोडसेडिङमुक्त भइसक्थ्यो भनी टिप्पणी गरेका थिए।

सोमबारको बैठकमा माओवादी सांसद बस्नेतले भने, ‘नेपाली जनतालाई राम्रोसँग थाहा छ, माओवादीको नेतृत्वमा जनयुद्ध नभएको भए ०६५ सालभित्र लोडसेडिङको अन्त्य होइन, लोकतन्त्रका रहलपहल मूल्यहरूसमेत अन्त्य हुने निश्चित थियो । यसबारे थप कुरा गरिरहनुपर्छ र ?’

माओवादी जनयुद्धका कारण नभई अरुण जलविद्युत् आयोजना नबन्दा समयमा लोडसेडिङ अन्त्य नभएको उनको दाबी छ। ‘अरुण जलविद्युत् आयोजना यथासमयमै बन्न पाएको भए लोडसेडिङ अन्त्य हुन सक्थ्यो । लोडसेडिङ मात्र होइन, आर्थिक सामाजिक रुपान्तरणको एक–दुई पाइला अगाडि पनि बढिएको हुन्थ्यो । तर, अरुण जलविद्युत् आयोजना नबनेको जनयुद्धको कारणले हो र ? किन दिनलाई रात बनाउने ।’