Skip This
निफ्राको स्वतन्त्र सञ्चालकमा महेश दाहाल नियुक्त
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३१ सोमबार १३:१२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

निफ्राको स्वतन्त्र सञ्चालकमा महेश दाहाल नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार १३:१२:oo

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेशप्रसाद दाहाल नियुक्त भएका छन्।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ तथा बैंकको नियमावलीबमोजिम बैंक सञ्चालक समितिको १४९औँ बैठकले भदाै २८ देखि लागू हुने गरी चारवर्षे कार्यकालका लागि दाहाललाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो।

नेपाल सरकारको सचिव पदबाट सेवानिवृत्त भएका उनले एमपिए र एमबिए गर्नुका साथै कानुनमा स्नातकसमेत गरेका छन्। नेपाल सरकारको सेवामा रहँदा उनले विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको लामो अनुभव छ।

दाहालको कार्यकालमा बैंकले थप उचाइ हासिल गर्ने भन्ने विश्वास लिएको बैंकले जनाएको छ।