राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा भोलिबाट सुरु हुने राष्ट्रिय भेलाका विषय मुख्य एजेन्डा रहेको नेताहरूले बताएका छन्।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भोलि र पर्सि रास्वपाको राष्ट्रिय भेला हुँदै छ। भेलामा देशभरका एक हजार पाँच सय प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ।