१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २१ शुक्रबार १२:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

११ घण्टापछि खुल्यो राप्ती राजमार्ग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार १२:४५:oo

राप्ती राजमार्गअन्तर्गतको दाङ–सल्यान सडकखण्ड ११ घण्टापछि सञ्चालनमा आएको छ। गएराति कपुरकोट गाउँपालिका– ३ चोरखोलानजिकै वर्षासँगै पहिरो झर्दा राजमार्ग अवरुद्ध भएको थियो।

गएरातिदेखि अवरुद्ध राजमार्ग शुक्रबार बिहानबाट सञ्चालनमा आएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले जानकारी दिए। सडक डिभिजन कार्यालयले डोजर प्रयोग गरेर पहिरो हटाएपछि सडक सञ्चालन भएको उनको भनाइ छ । बिहानै सडक सञ्चालन गर्ने प्रयास गरे पनि निरन्तर वर्षा भइरहँदा र लेदोसहितको पहिरो खस्दा सडक सञ्चालनमा केही ढिलाइ भएको उनले बताए।

सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सयौँ सवारीसाधन बिचबाटोमा नै अलपत्र परेका थिए। कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वारको रूपमा रहेको राप्ती राजमार्ग अवरुद्ध हुँदा सल्यान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिमलगायत क्षेत्रका यात्रु मारमा परेका थिए।