Skip This
सुनको मूल्यमा पुनः कीर्तिमान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ३१ सोमबार ११:५५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्यमा पुनः कीर्तिमान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार ११:५५:oo

अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ। 
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो। 

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सयले वृद्धि भई कीर्तिमान कायम गरेको हो। महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ। 

आइतबार छापावाला सुन प्रतितोला एक लाख ५६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ। 

आइतबार प्रतितोला एक हजार नौ सयमा कारोबार भएको चाँदी सोमबारका लागि एक हजार नौ सय १५ रुपैयाँ निर्धारण भएको छ। (रासस)