Skip This
बर्जर पेन्ट्सको चाडपर्वलक्षित नगद उत्सव योजना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३१ सोमबार ११:५१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बर्जर पेन्ट्सको चाडपर्वलक्षित नगद उत्सव योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार ११:५१:oo

बर्जर पेन्ट्स नेपालले चाडपर्व उत्सव योजना ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ। कम्पनीले मिस नेपाल वल्र्ड २०२४ आश्मा केसीका साथ यो योजना ल्याएको हो ।

योजनामा ग्राहकले ४० लिटर खरिद पेन्ट खरिद गरेर सहभागी भई एक लाखसम्मको नगद जित्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका कन्ट्री म्यानेजर राजीव रोयले भने, ‘बर्जरले सुन्दर तरिकाले घर रंग्याउनुजस्तो चाडपर्व मनाउने राम्रो तरिका अर्को हुँदैन ।

यस अभियानमार्फत हाम्रा ग्राहकलाई उत्कृष्ट उत्पादनका साथै आकर्षक नगद पुरस्कार जित्ने मौका पनि दिन चाहन्छौँ ।’ यो योजना बर्जर सिल्क ब्रिद इजी, सिल्क ग्ल्यामर ग्लो, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लिन फ्रेस, इजी क्लिन, वेदरकोट लङ लाइफ, वेदरकोट अल गार्ड फ्लेक्जो र वेदरकोट अल गार्डजस्ता बर्जरका उत्पादनमा मात्र लागू हुनेछ ।