१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २१ शुक्रबार १२:११:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पलेसाको जितले विश्वभरिका नेपालीलाई गौरव प्राप्त : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार १२:११:oo

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेसा गोवर्द्धनलाई सम्मान गरेका छन्।

खुलमटारमा एक कार्यक्रम आयोजना गरी उनले नेपालका लागि पारा ओलम्पिकमा पहिलो पदक प्राप्त गर्न सफल पलेसालाई सम्मान गरेका हुन्। प्रचण्डले पलेसासँगै कोच कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेसाका बुबा प्रदीप गोवर्द्धनलाई पनि सम्मान गरेका थिए।

सो क्रममा अध्यक्ष प्रचण्डले नेपालबाट इतिहास रच्ने पलेसालाई बधाई दिँदै यो जितले संसारभरि रहेका नेपालीले गौरव गर्ने अवसर प्राप्त भएको बताए। उनले भने, ‘खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रवर्द्धन गर्छ, त्यसैले पलेसाको यो जित अन्तर्राष्ट्रिय इतिहास कायम गर्ने महत्त्वपूर्ण जित हो।’

यसअघिका विभिन्न खेलमा अरूभन्दा धेरै पदक जितेको र यसपटक पारा ओलम्पिकमा इतिहास नै कायम गर्न सफल भएको तेक्वान्दो क्षेत्र नेपालका लागि विशेष खेल बन्न पुगेको उल्लेख गर्दै प्रचण्डले यसमा राज्यले बढी लगानी गर्नुपर्ने अवस्था आएको बताए। आफू प्रधानमन्त्री हुँदा खेल क्षेत्रमा लगानी वृद्धि, खेल पूर्वाधार विकास र खेलाडीलाई प्रोत्साहनका लागि पुरस्कारको व्यवस्थालगायतका थुप्रै काम गरेको उनले स्मरण गरे।